कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख नजिक


 



काठमाडौं, जेठ २४
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख नजिक पुगेको छ। हालसम्म ३ लाख ९७ हजार ४११ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले जनाएको छ ।

यस्तै संक्रमितको संख्या ६८ लाख २६ हजार २७३ पुगेको डब्लुएचओले आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

पकोरोना भाइरसको कारण बिरामी भएका ३३ लाख १२ हजार २५९ जना निको भएका छन् । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख ५९ हजार ११३ व्यक्ति उपचाररत रहेका छन् ।

संक्रमितहरुमा ५५ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख २४ हजार १८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ११ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

युरोपमा २० लाख ४५ हजार ७७१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७७ हजार ११८ को मृत्यु भएको छ । एसियामा १२ लाख ६६ हजार ५०४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३३ हजार १४४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ७२ हजार १८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ७८३ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको डब्लुएचओले जनाएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्