डीभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी तपाईको नतिजा हेर्नुहोस्



काठमाडौं, जेठ २५
अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा सार्वजनिक भएको छ । शनिबार अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमा डीभी २०२१ को नतिजा शनिवार सार्वजनिक भएकाे जानकारी दिएको थियो ।

दूतावसले डीभी परेको अथवा आवेदन सफल भयो भन्ने व्यहोराका कुनै पनि ईमेल वा अन्य म्यासेज नदिने समेत जानकारी दिएको छ । डिभी पर्‍यो या परेन भन्ने थाहा पाउनको लागि dvprogram.state.gov मा गएर आवेदन दिंदाको कन्फर्मेसन नम्बर राखेर हेर्न सकिने जनाइएको छ ।

कन्फर्मेसन नम्बर भुलेको वा हराएको भए पनि “Forgot Confirmation Number” मा क्लिक गरेर सो नम्बर तुरुन्तै प्राप्त गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News