मालपोत कार्यालय आजदेखि खुल्ने


 



काठमाडौं, जेठ २५
आजदेखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन् । कोरोना महामारीका कारण लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको भूमिसुधार तथा व्यवस्थापन विभागले जनाएको छ ।

विभागले मातहतका सबै कार्यालयलाई आजदेखि सञ्चालनमा ल्याउन निर्देशनसमेत दिइसकेको जनाएको छ ।

बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो । पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग भई आएको थियो ।

प्रकाशित मिति: २५ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्