क्वारेन्टिनमा १९ वर्षीय युवकको मृत्यु


 


डोटी, जेठ २५
डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा आइतबार बिहान १९ वर्षीय युवकको मुत्यु भएको हो ।

वडा नं. ३ दल्लका ती युवकको आइतबार बिहान तीन बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए । उनी लामो समयदेखि मुटुको रोगी भएको बोहराले जानकारी दिए । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए ।

मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । घटनास्थलमा प्रहरी टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने समेत उनले बताए ।

प्रकाशित मिति: २५ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्