भारतबाट फर्किएकै दिन मृत्यु


 



बैतडी, जेठ २५
बैतडीमा भारतबाट फर्किएकै दिन एक व्यक्तिको मृत्यु भएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका पाटन नगरपालिका ६ सन्तोली घर भएका ३१ बर्षीय पुरुषको हिजो राति ज्यान गएको हो । उनी जिल्लाको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका थिए ।

एक्कासी साँझ साढ ६ बजेतिर बेहोस भएका ती पुरुषको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले बताए ।

मृतकको स्वाबको नमूना संकलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए।

ती व्यक्तिसंग बेंगलोरबाट अरु १३ जना पनि शनिवार बिहानै पाटन पुगेका बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसिरहेका छन् ।

यसअघि पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको यही जेठ २० गते मृत्यु भएको थियो । पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ बर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

प्रकाशित मिति: २५ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्