चिहान खनेर हड्डी निकाल्ने तीन जना पक्राउ


 



सोलुखुम्बु, जेठ २५
सोलुखुम्बु चिहान खनेर मानिसको हड्डी निकाल्ने ३ जनालाई प्रहरीले पक्राउ परेको छ । 

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ४ पाङमोचेमा चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा ३ जनालाई प्रहरीले हड्डीसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोलुदुधकुण्ड नगरपालिका(५ का भिम बहादुर तामाङ, सोताङ गाउँपालिका ८ का टेकमान राई र मोलुङ गाउँपालिका १ ओखलढुङ्गाका लाङिमा शेर्पा रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरु केहि समयदेखि खुम्बु क्षेत्रमा बस्दै आएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । 

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्