मिल्यो जसपा नेतृत्व विवाद, तीन जना अध्यक्ष रहने



काठमाडौं, जेठ २५

समाजवादी र राष्ट्रिय जनता पार्टी राजपा नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी जसपामा तीन जना अध्यक्ष रहने भएका छन् ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृच्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेको हो । सहमतिअनुसार पार्टीमा पहिलो वरियतामा रहने भटट्टराई संघीय परिषद्को अध्यक्ष रहेनछन् भने दोस्रो वरियतामा रहेका ठाकुर र तेस्रो नम्बरमा रहेका यादव केन्द्रीय समितिको अध्यक्ष रहनेछन् ।

चौथो नम्बरमा रहेका राजेन्द्र महतो र पाँचौं नम्बरमा रहेका अशोक राई वरिष्ठ नेता रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News