कोरोना अपडेट : २ सय १३ संक्रमित थपिदा १ सय २ डिस्चार्ज




काठमाडौं, जेठ २५
नेपालमा कोरोना संक्रमण दर दैनिक रुपमा बढ्दै छ । नेपालमा आज एकै दिन दुई सय १३ जना संक्रमित थपिएका छन् ।

जसमा २०९ पुरुष र चार महिला छन् । योसँगै देशभरको हालसम्म कूल सङ्क्रमित सङ्ख्या तीन हजार ४४८ पुगेको छ । यीमध्ये पुरुष तीन हजार २१२ र महिला २३६ रहेका छन् । हालसम्म देशका ७१ जिल्लामा कोभिड–१९ को सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

संक्रमित थपिदै गर्दा कोरोना जितेर घर फर्किनेहरु पनि बढ्दैछन् । आज एकै दिन एक सय दुई जनाले कोरोना जितेर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिए । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले आज डिस्चार्जमध्ये दुई महिला र १०० पुरुष रहेको बताए ।

योसँगै अहिलेसम्म ४६७ जनाले कोभिड–१९ लाई जितेका छन् । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेका थिए । अहिलेसम्म डिस्चार्ज हुनेहरुमा पुरुष ३९९ र महिला ६८ जना रहेका छन् । उनीहरुमध्ये धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना छन् ।

मन्त्रालयकाअनुसार कोरोना परीक्षणको काम पनि निरन्तर रुपमा भइरहेको छ । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ९६ हजार २०५ व्यक्तिको परीक्षण गरिएको छ । त्यसैगरी आरडिटीबाट एक लाख ४५ हजार ४९ व्यक्तिको परीक्षण गरिएको छ ।

गत २४ घण्टामा पिसिआर विधिबाट तीन हजार ७२८ र आरडिटी विधिबाट सात हजार ६१४ वटा परीक्षण सम्पन्न भएको प्रवक्ता डा देवकोटाले बताए । हाल सातै प्रदेशमा गरी एक लाख ७० हजार ७३२ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै विभिन्न अस्पतालका आइसोलेशनमा कूल दुई हजार ९६८ सङ्क्रमित व्यक्ति उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News