अन्तिममा चौथो बरियातामा धकेलिए बाबुराम, नाममा यसरी लाग्यो ‘टिपेक्स’




काठमाडौं, जेठ २५
राजपा र समाजबादी पार्टीबीच भएको एकीकरणमा डा. बाबुराम भट्टराई चौथो बरियतामा परेका छन् । नयाँ दल दर्ताका लागि तोकिएको अन्तिम दिन आइतबार दल दर्ताको निवेदन कोकोकर्वाचन आयोगमा दिइएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौको प्रतिलिपिसहित आयोगमा निवेदन दिनुपर्छ ।

४५ दिन हिजो शनिबार पुगेकाले जसपाले आज निवेदन दिन पाएको हो। निर्वाचन आयोग पुग्‍नुअघि दिनभर छलफल गरेका शीर्ष नेताहरुले सुरुमा तीन अध्यक्षसहितको पार्टी दर्ता गर्ने सहमति जुटाएका थिए।

जसअनुसार डा। बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष बनाउने र महन्थ ठाकुरको नेतृत्वमा उपेन्द्र यादवसमेत केन्द्रीय कमिटी अध्यक्ष बन्ने समझदारी बनेको थियो ।

तर अन्तिम समयमा राजपा तीन अध्यक्षमध्ये दुई अध्यक्ष सपाबाट भएको भन्दै पछि हट्यो । जसका कारण बाबुराम अन्तिममा पछाडि धकेलिए ।

संघीय परिषदको अध्यक्षमा राखिएका डा। भट्टराईको नाम काटेर वरिष्ठ नेतामा धकेलिन पुग्यो । दल एकीकरणका लागि दिइएको कम्प्युटर प्रिन्ट निवेदनमा दोस्रो नम्बरमा राखिएको भट्टराईको नाममा टिपेक्स लगाई चौथो नम्बरमा कलमले लेखेर बुझाइएको छ।

भट्टराई वरिष्ठ नेताको सूचीमा पनि अशोक राई भन्दा तल छन् ।राईले राजनीतिमा आफू वरिष्ठ भन्दै भट्टराई भन्दा पछाडि बस्‍न नमानेको बुझेको छ ।

तर नेताहरूले भने हतार(हतारमा निर्णय लिँदा नेताहरुको नाम तलमाथि परेको बताएका छन् । यसलाई पछि सुधार गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News