गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झुन्डिएको अवस्थामा फेला
स्याङ्जा, जेठ २६
स्याङ्जाको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लौ भण्डारी मृत अवस्थामा फेला परेका छन् ।
उनको शव घरबाट तीनसय मिटर टाढा रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
उनी साँझपख मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख विमलराज कणेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २६ जेष्ठ २०७७, सोमबार