प्रदेश नम्बर २ मा थप १९ जनामा कोरोना पुष्टि




काठमाडौं, जेठ २६
प्रदेश नम्बर २ मा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

पर्सा जिल्लाका १ महिला र ७ पुरूष, बारा जिल्लाका २ महिला र ५ पुरुष र रौतहट जिल्लाका ४ जना परूषमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए । 

पर्साका संक्रमितमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ का २० देखि ५५ वर्ष उमेरसम्मका रहेका छन् । यसैगरी बाराको सुवर्ण गाउँपालिका र पचरौता नगरपालिकाका गाउँपालिका ३ वर्षीय बालिकादेखि ३० वर्षसम्मका ७ जना संक्रमित रहेको उपाध्यायले बताए । 

यस्तै रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ का १७ , १८ र ४३ वर्षका पुरूषहरू रहेका छन् भन रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ३ का एक जना पुरुषमा पनि संक्रमण पुष्टि रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News