सप्तरीको एकै स्थानीय तहका १६ जनामा कोरोना पुष्टि




सप्तरी, जेठ २६
सप्तरीको बलान बिहुल गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् । यादवकाअनुसार संक्रमितमध्ये एक जना ३५ वर्षीया महिला छन् ।

संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

१६ जना संक्रमित देखिएसँगै सप्तरीमा मात्रै संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News