प्रदेशसभामा लकडाउन खोल्न माग



विराटनगर, जेठ २६

कोरोना त्रासका कारण लगातार जारी लकडाउन खोल्नुपर्ने आवाज प्रदेश १ को संसद्मा आवाज उठेको छ । सत्तारुढ नेकपाकै सांसदले लकडाउन तत्काल अन्त्य गरेर बढ्दो भोकको उपचारमा लाग्न सरकारसँग माग गरेका हुन् ।

‘रोग लागेकाहरुको त उपचार भइरहेको छ तर भोक लागेर मर्न लागेकाहरुको भोकको उपचार कतैबाट भएको छैन’, नेकपा सांसद विमल कार्कीले सोमबार शुन्य समयमा भने ‘रोग लागेकाहरुको पनि उपचार गरौं । भोकले मर्न लागेकाहरुलाई पनि लकडाउन खोलेर खान पाउने अवस्था सिर्जना गरौं ।’ गरिखाने वर्गका लागि लकडाउन कहर सावित भएको उल्लेख गर्दै सुरक्षाका उपाय खोजेर यसको अन्त्य गर्न माग गरे ।
शुन्य समयमै बोल्दै काँग्रेस सांसद शेखरचन्द्र थापाले संसद्मा अरुलाई पोशाक अनिवार्यै गरे पनि मन्त्रीहरु जथाभावी पोशाकमा आउने भन्दै आपत्ति जनाए । ‘मन्त्रीहरु अरुभन्दा अलग्गै प्राणी हुन् ’, उनले सोधे ‘अन्यथा मन्त्रीहरुले पनि तोकेको पोशाकमा ध्यान दिनुपर्यो ।’ प्रदेश १ संसद्मा अहिले नीति तथा कार्यक्रम माथिको छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News