कोरोना नेगेटिभ देखिएपछि घर पठाइउका व्यक्तिको मृत्यु



जनकपुर, जेठ २६

कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर गएको एक दिन नबित्दै महोत्तरीमा एक व्यक्तिको मृत्यु भएको छ ।

शनिबार क्वारेन्टाइनबाट गौशाला नगरपालिका १० बटौलास्थित घर गएका उनको आइतबार राति मृत्यु भएको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले क्वारेन्टाइनबाट घर गएका ४० वर्षका पुरूषको मृत्यु भएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिले अत्यधिक रक्सी सेवन गर्दथे ।

ती व्यक्ति गत जेठ ६ गते भारतको हरियाणाबाट आएका थिए । उनलाई गौशाला नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो । प्रमुख जिल्ला अधिकारी कटुवालले उनको मृत्युु रक्सी सेवनले नै भएको जिकीर गरे ।

गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले मृतकको फेरि स्वाब संकलन गरी मृतकको दाहसंस्कार गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News