स्वास्थ्यकर्मीको नक्कली कार्ड झुन्डाएर लागुऔषधकाे काराेबार



सप्तरी, जेठ २७
स्वास्थ्यकर्मीको नक्कली कार्ड बोकेर लागुऔषधकाे काराेबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका २२ वर्षीय अनीलकुमार मण्डललाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

ल्याब असिस्टेन्टको नक्कली परिचयपत्र बोकेकाे अवस्थामा उनलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

स्वास्थ्यकर्मी लेखिएको बा. ६७ प ४८५३ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनलाई चामलको बोरामा लागूऔषधसहित पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले बताए ।

चेकजाँच गर्दा मण्डललाई सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाबाट पक्राउ गरिएको उनले बताए । चामलको बोराभित्र स्पास्मो प्रोक्सिभन प्लस ३ हजार १ सय ६८ क्याप्सुल र एक सय मिलिलिटरको २८ बोतल डाइलेक्स डिसी बराममद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News