एक युवकले गरे आफ्नै पाँच जना साथीको हत्या




रुपन्देही, जेठ २७
रूपन्देहीको तिलोत्तमा एक व्यक्तिले आफ्नै ५ जना साथीको हत्या गरेका छन् । नगरपालिकाको वडा नम्बर–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा सोमबार राति पाँच जनाको हत्या भएको हो ।

घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको शंकामा एकजना पक्राउ गरेको छ ।

मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । मृतक र हत्या गर्ने दुवै स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुर रहेको बताइएको छ ।

घटना किन र कसरी भयो भन्ने खुल्न सकेको छैन । अहिले प्रहरीले घटनाको विवरण संकलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News