भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु




चितवन, जेठ २७
भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइसीयूमा उपचाररत
भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालले कनाएओ छ ।

उनलाई नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट सोमबार साँझ मात्रै भरतपुर अस्पतालको आईसीयूमा सारिएको थियो । उनको आज विहान ७ बजे मृत्यु अस्पतालले जनाएको छ ।

६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो ।

नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News