गण्डकी प्रदेशमा थपिए २४ जना कोरोना संक्रमित




कास्की, जेठ २७
गण्डकी प्रदेशमा आज विहानै थप २४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका नवलपरासी, म्याग्दी र बाग्लुङमा गरी थप २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी नवलपरासी ९बर्दघाट सुस्तापूर्व० मा १२, बाग्लुङमा ११ र म्याग्दीमा एक जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको परीक्षणअनुसार नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २१, २६ र २७ का तीन पुरुष र बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि छ ।

संक्रममित सबैलाई अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
योसङ्गै

गण्डकीमा कोरोना सङ्क्रमितको संख्या १४४ पुगेको छ । मनाङ र मुस्ताङमा बाहेक नौ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News