नेता निधीले भने– नेपालमा १५ सय चिनियाँ जनमुक्ती सेनाको टोली आउँदै!



काठमाडौं, जेठ २७
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारकाे चर्काे अालाेचना गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा स्वास्थ्य सहयोगको नाममा नेपालमा चिनियाँ सेना झार्ने तयारी भइरहेको आरोप लगाउँदै उपसभापति निधीले उक्त कार्य लोकतन्त्रको लागि सबैभन्दा खतरा भएको बताए ।

नेपाल प्रेस युनियनले आयोजना गरेको एक डिजीटल संवाद कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधीले भने–‘कोरोना महामारीका कारण संक्रमितहरुको संख्या बढ्दै जाँदा उपचारका नाममा सरकारले चिनियाँ सेना झार्ने तयारी गरेको छ ।’

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले शासन सत्ता चलाउने नैतिक अधिकार गुमाएको बताउँदै उपसभापति निधीले कोरोना महामारी बढ्दै जाँदा सरकार देशभित्रै पनि सेना परिचालन गर्ने र छिमेकी देश चीनबाट पनि सेना प्रवेश गराउने काममा लागेको भन्दै आक्रोश पोखे ।

स्वास्थ्य सहयोगीका नाममा आउने २ हजार जनाको चिनियाँ टोलीमा ५ सय जना स्वास्थ्यकर्मी भएपनि बाँकी १५ सय चिनियाँ जनमुक्ती सेनाको टोली आउन थालेको निधीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News