थप एक जनामा कोरोना संक्रमण पुष्टि, कति पुग्यो संक्रमितको संख्या ?




काठमाडौं, जेठ २८
नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार बिहान सूचना जारी गर्दै नयाँ संक्रमित पुष्टि भएको बताएको हो।

जारी सूचनाअनुसार नवलपरासी पूर्व, देवचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४० वर्षका एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि छ। 

उनलाई सोही ठाउँको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लगिएको छ । यससँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ४५ पुगेको छ। नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News