लकडाउनको स्वरूप परिवर्तनकाे लागि मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं – सरकारले लकडाउनले जनजीवन कठिन बन्दै गएपछि लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ ।

यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

लकडाउनको स्वरूप परिवर्तन नभइकनै ठाउँ ठाउँमा बजार पसल खुल्न थालेका छन् भने सडकमा सवारीसाधनको चाप पनि बढ्न थालेको छ ।

लकडाउनको स्वरूप परिवर्तनबारे जनदबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गरेका थिए ।

त्यसपछिको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तयार गरेर सिफारिस गर्न निर्देशन दिएको थियो ।

लकडाउन लम्बिदै गएपछि आर्थिक गतिविधि ठप्प भएको छ । जसले आममानिसको जनजीवन नै अस्तव्यस्त भएको छ । लकडाउन लम्बिदा पनि संक्रमण नघटेको तथा जनजीवन पनि अस्तव्यस्त भएपछि जनजीवन सहज बनाउने उपायसहित कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नै राख्ने गरिको निर्णय गर्न सरकारलाई दबाब परेको छ।

नेपालमा कोरोनाका २ जना संक्रमित देखिएपछि चैत्र ११ गते सुरू गरिएको लकडाउनकै अवधिमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News