कहिलेदेखि सुरू हुन्छ मनसुन ?




काठमाडौं, जेठ २८
मनसुन सुरु हुन अझै एक हप्ता लाग्ने भएको छ । नेपालको पूर्वी भूभागमा आइपुग्न झण्डै एक हप्ता लाग्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

उनकाअनुसार नेपालमा सामान्यतया जुन १० तारिख अर्थात् आजबाट मनसुन सुरु हुने भए पनि यस वर्ष ढिला भएको छ । बङ्गालको उत्तरी भूभागमा रहेको मनसुनी प्रणाली एकरदुई दिनमै पश्चिमी भूभागमा आउने र एक हप्ताभित्र दार्जिलिङ हुँदै नेपालको पूर्वी भूभागमा प्रवेश गर्ने मौसमविद् शान्ति कँडेलले बताइन् ।

यस वर्ष मनसुन सुरु हुँदा भने कमजोर प्रणाली आउने देखिएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । बलियो प्रणाली नदेखिएकोले मनसुनको सुरुवातमा सामान्य पानी पर्ने र बिस्तारै मनसुन बलियो भएर न्यून चापीय रेखा नेपाल नजिक आएपछि औसत पानी पर्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News