चट्याङसहित ठूलो पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह




काठमाडौं, जेठ २८
अहिले कर्णाली प्रदेशको सुर्खेतलगायतको ठाउँमा ठूलो वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलकाअनुसार प्रदेश पाँच, गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश २ को पर्सा र आसपासमा सामान्य पानी परिरहेको छ ।

आज दिउँसो र राति देशका धेरैजसो ठाउँमा बादल लाग्ने र प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताइन् ।

उनकाअनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ । यसकारण सावधानी अपनाउन महाशाखाले आग्रहसमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News