धनुषामा गोली हानी युवकको हत्या



काठमाडौं, जेठ २८
धनुषामा गएराति एक जना युवकको हत्या भएको छ । प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताएअनुसार घटना सबैला नगरपालिका–७ को हो ।

घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको उनले बताए। ‘घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको देखिन्छ’, उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकृतका अनुसार चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । त्यसैले व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

यद्यपि, आरोपित पक्राउ परेपछि मात्रै हत्याको कारणबारे खुल्नेछ । प्रहरीका अनुसार मण्डलको कन्चटमा गोली लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News