खुट्टा बाँधिएको अवस्थामा पुरुषको शव फेला



काठमाडौं, जेठ २८
ललितपुरमा खुट्टा बाँधिएको अवस्थामा एक पुरूषको
शव फेला परेको छ।

गोदावरी नगरपालिका-३ टौखेलका स्थानीय तथा फ्रेस हाउसका सञ्चालक ३८ वर्षीय अमित शाही घरको करेसाबारी मृत अवस्थामा फेला परेका हुन्। उनको शव बुधबार विहान २ बजे फेला परेको हो ।

ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार उनको घाँटी र हातमा चोट लागेको छ।

उनले घटना हत्या हो कि आत्महत्या हो भन्नेबारेमा अनुसन्धान भैरहेको बताए । घटनाको जानकारी पाएपछि एसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। उनको शव पोष्टमर्टमका लागि पाटन अस्पताल लगिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News