रक्सीको नशामा बन्चरो प्रहार गरी छोराको हत्या




काठमाडौं, जेठ २८
रूपन्देहीमा मदिरा सेवन गरेका बाबुले आफ्नै छोराको बन्चरो प्रहार गरी हत्या गरेका छन्।

कञ्‍चन गाउँपालिका १ कुचेराका ५० वर्षीय रिमबहादुर कुमालले १७ वर्षीय छोरा सुदीपको हत्या गरेका हुन्। 

काकाको घरमा सुतिरहेका सुदीपलाई राति साढे १ बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।

बन्चरो प्रहारबाट सुदीपको टाउको र मुखमा गम्भीर चोट लागेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। हत्यामा संलग्‍न रिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News