सुदूरपश्चिममा रोकिएको स्वाब संकलन कार्य पुनः सुरु




धनगढी, जेठ २८
सुदूरपश्चिममा पाँच दिनदेखि रोकिएको स्वाब संकलन कार्य बुधबारदेखि पुनः सुरु भएको छ । प्रयोगशालामा स्वाबको चाप बढेपछि निर्देशनालयले पाँच दिनका लागि स्वाब संकलनमा रोक लगाएको थियो ।

सुदूरपश्चिममा धनगढीमा एक मात्रै प्रयोगशाला छ । गत शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले स्वाब संकलनमा रोक लगाएको थियो। क्वारेन्टाइनमा बसी आरडिटी पोजेटिभ देखिएका र शंकास्पद लक्षण देखिएका नागरिकहरुको बुधबारदेखि स्वाब संकलन सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

प्रयोगशालाले दैनिक २५० जनाको मात्र परीक्षण गर्न सक्ने जनाउँदै एक हजार वटाभन्दा बढी नमूना मौज्दात रहेको भन्दै स्वाब संकलन गर्न शुक्रबार आफू मातहतका निकायलाई निर्देशनालयले परिपत्र गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News