पाटन अस्पतालमा चोरी गरेको आरोपमा चिकित्सक पक्राउ



काठमाडौं, जेठ २९
पाटन अस्पतालको आइसियूबाट अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा चिकित्सक प्रवीण मिश्र र अहेव रमेशकुमार शर्मालाई पक्राउ परेको छन्  ।

महानगरिय प्रहरी परिसर ललितपुरले उनीलाई पक्राउ गरेको ह्राे । पक्राउ परेका चिकित्सक डिएन्डबी मेडिकेयर बर्दिबासमा कार्यरत र शर्मा बर्दिबासकै अस्पतालमा कार्यरत अहेव रहेको खुलेको छ ।

करिब २१ लाख रुपैयाँ पर्ने सो पोर्टेबल अल्ट्रासाउन्ड मेसिनलाई  उनीहरूले चोरी गरेको प्रहरीले जनाएको छ । महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार गत १७ जेठमा मेसिन चोरी भएपछि अस्पतालले उजुरी गरेको थियो ।

प्रहरीले चोरी गरिएको मेसिन  बरामद गरी उनीहरूलाई चोरी मुद्दामा कारबाही अघि बढाएको छ । कम्पनीबाट मेसिन मर्मत गर्न आएको भन्दै आइसियूमा छिरेर उनीहरूले चोरी गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News