यस्तो छ आजको मौसम पूर्वानुमान




काठमाडौं, जेठ २९
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका केही ठाउँमा वर्षा भैरहेको छ भने केही ठाउँको मौसम सफा छ ।

हाल प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भूभागमा  सामान्य बदली रही बाँकी प्रदेशका भूभागमा आंशिक बदली  रहेको छ । प्रदेश १, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा  हल्का बर्षा भइरहेको महाशाखाले जनाएको छ । 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल हाल  नेपालमा  स्थानीय वायु, पश्चिमी  वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव  रहेको छ ।

मौसम पूर्वानुमानमा अनुसार आज दिउँसो  देशभर सामान्य बदली  रहनेछ। बदलीसँगै प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम  प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन, चट्याङ  सहित वर्षाको सम्भावना रहेको छ। 

यस्तै, राति देशभर सामान्य बदली  रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News