Deshko News
१४ मंसिर २०८०, बिहिबार

आत्मदाह गरेका सिद्धार्थका परिवारलाई रोजगारी दिइने, कर्मचारी कटौतीको निर्णय पनि फिर्ता


 



काठमाडौं, जेठ २९
रोजगारी गुमेपछि सोमबार बिहानै अछामको बयलपाटा अस्पताल परिसरमा आत्मदाह गरेका सिद्धार्थ आउजीको परिवारलाई आर्थिक सहयोगसहित रोजगारी दिइने भएको छ ।

अस्पताल चलाउँदै आएको न्याय हेल्थ, नेपालले विज्ञपति जारी गर्दै आर्थिक सहयोग र रोजगारी दिने जनाएको हो।

संस्था अध्यक्ष सुरज वैधले प्रेस विज्ञप्ति जारी गर्दै न्याय हेल्थले योसँगै कर्मचारी कटौतीको निर्णय पनि तत्कालका लागि फिर्ता लिने निर्णय गरेको जानकारी दिएका हुन्।

विज्ञप्तिमा उसले अस्पताल संचालनका लागि अनुदान दिन तीनै तहका सरकार र अन्य सबैसँग आग्रह पनि गरेका छन् ।

लकडाउनका कारण बढेको आर्थिक भार कम गर्न अस्पतालले आउजीसहित ३५ जना कर्मचारीलाई बिदाई गरेको थियो ।

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्