नेपालमा काेराेना संक्रमितकाे संख्या ४६ सय नाघ्याे



काठमाडौं, जेठ २९
नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २५० जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

आज थपिएका २५० सहित नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News