सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टि




धनगढी, जेठ २९
सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।

आज थपिएका संक्रमितमध्ये बाजुराका १८ जना, कैलालीका ७ र बझाङका दुई जनामा कोरोना पुष्टि भएको हो।

बाजुराको बुढिगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बुढिगंगा नगरपालिकाकै ४ दिनको शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १७ जना र बाजुराकै त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै, कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News