क्वारेन्टाइनमै जन्मिएको शिशुमा पनि कोरोना देखियो




धनगढी, जेठ २९
सुदूरपश्चिमको बाजुरामा चार दिनको शिशुमा पनि कोरोना संक्रमण देखिएको छ । जिल्लामा शिशुसहित एकै दिन १७ जनामा कोरोना पुष्टि भएको छ ।

विहीबार धनगढीस्थित प्रयोगशालामा परिएको परिक्षणमा २७ जनामा कोरोना पुष्टि भएकोमा बाजुरामा मात्रै १८ जनामा पुष्टि भएको हो । बाजुराको बुढीगंगा नगरपालिकाका मात्रै १७ जना र एक जना त्रिवेणी नगरपालिका रहेका छन् । बुढीगंगाका १० जना पुरुष र ८ महिलामा कोरोना पुष्टि भएको हो ।

बाजुराको बुढिगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बुढिगंगा नगरपालिकाकै ४ दिनको शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १७ जनामा संक्रमण देखिएको छ। बाजुराकै त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।

योसँगै बाजुरामा संक्रमितको संख्या २१ पुगेको छ । बाजुरामा यसअघि दुई वर्षीया बलिकाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News