कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु




अर्घाखाँची, जेठ ३०
नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको ज्यान गएको छ ।

अस्पतालबाट घाँटीको सल्यक्रिया गरि फर्किदै गर्दा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का ५७ वर्षीय पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारको लागि गएको मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । 

अस्पतालले सामान्य उपचारपछि घरमै आराम गर्न सुझाव दिएपछि फर्कँदै गरेका पुरुषको हिजो बाटोमै ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । 

यसअघि १४ दिनदेखि ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेएका उनको गएको शुक्रबार नै पठाइएको नमुना हराएपछि हिजो फेरि स्वाब सङ्कलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ भएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News