डिउटीमै रहेका सैनिकले गरे गोली हानी आत्महत्या




काठमाडौं, जेठ ३०
छाउनीस्थित वीरेन्द्र सेनिक अस्पतालमा
ड्युटीमा खटिएका एक जना सैनिकले गोली हानी आत्महत्या गरेका छन्।

बिहीवार राति ड्युटीमा खटिएका डम्बरबहादुर विष्टले आफैंले बोकेको बन्दुक प्रहर गरी आत्महत्या गरेका हुन्। बैतडीको सुर्मा गाउँपालिका ५ घर भएका विष्टको दुर्गाबक्स गण नारायणहिटीमा दरबन्दी थियो।

अस्पतालमा नेपाली सेनाको थ्रड ग्रेड तालिम गरिरहेका विष्टले राति ड्युटीमा नै रहेको समयमा
गोली हानी आत्महत्या गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

यसअघि जेठ ११ गते स्वयम्भू प्रहरी विटमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० विष्णु कार्कीले पनि आफैले बोकेको पेस्तोलले टाउकोमा प्रहार गरेर आत्महत्या गरेका थिए।

लकडाउनदेखि जेठको दोस्रो सातमासम्म देशभर १ हजार १ सय ५ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ। काठमाडौं उपत्यकाभित्रमात्रै पनि यस अवधिमा ६९ जनाले आत्महत्या गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News