आजदेखि जोर-विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन



काठमाडौँ, जेठ ३०
आजदेखि जोर – विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुन थालेका छन् । आजदेखि काठमाडौँ उपत्यकासहित मुलुकभर जोर-विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा रोक नलगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

तर ती सवारी साधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न भने प्रतिबन्ध लगाइएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना र मोटरसाइकल र स्कुटरमा चालक मात्र भएको खण्डमा त्यस्ता सवारीसाधनलाई रोकिने छैन । लकडाउनको ८१ औँ दिनमा आजदेखि जोर – विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News