प्रदेश २ मा कोरोना संक्रमण तीब्र, कति पुगे संक्रमित ?




धनुषा, जेठ ३०
प्रदेश नं. २ मा कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको छ । प्रदेशमा हालसम्म एक हजार ६०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २९ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा रौतहटमा १८, बारामा सात र महोत्तरीमा चार गरी २९ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

यसै अवधिमा ८२ संक्रमित उपचारपश्चात निको भएर घर फर्केका छन् । प्रदेशमा अहिलेसम्म प्रदेश २ बाट ३८१ स्वस्थ भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News