महेन्द्रनगरमा कोरोना अस्पताल सञ्‍चालन




कञ्चनपुर, जेठ ३०
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताल परिसरमा कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आज ५० शैयाको अस्पताल उद्घाटन गरे ।

कोरोना अस्पताल सञ्चालनमा आएसंगै अब कोरोना संक्रमित विरामीको उपचारमा सहज हुने बताए । उनले कोरोनाको जोखिम बढ्न नदिन प्रदेश सरकार लागिरहेको बताए । महाकाली अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट हरीकुमार श्रेष्ठले महाकाली अस्पतालमा पीसीआर मेसिन जडान सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्ति अभाव रहेको बताए ।

महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले अस्पतालले थप एम्बुलेन्स र शव वाहन ल्याउने तयारी गरिरहेको बताए । ९२ लाख ५४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको अस्पताल महाकाली अस्पताल अन्तर्गत नै सञ्चालन गरिनेछ । हालसम्म अस्पतालमा कञ्चनपुर र कैलालीका गरेर ३३ जना संक्रमित उपचारत छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News