२४ घण्टामा थपिए यति धेरै कोरोना संक्रमित, साढे ४ हजार बढीले गुमाए ज्यान




काठमाडौं, जेठ ३१
गएको २४ घण्टामा विश्वभर एक लाख ३९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।

२४ घण्टामा एक लाख ३९ हजार पाँच सय १६ जनामा संक्रमण पुष्टि भएको वल्डओमिटरल्व जनाएको छ।

यो अवधिमा सबैभन्दा बढी अमेरिकामा साढे २६ हजार भन्दा धेरैमा संक्रमण भएको छ । यस्तै ब्राजिलमा २४ हजार भन्दा धेरै, भारतमा ११ हजार भन्दा धेरै, रुसमा झण्डै नौ हजार, पेरुमा झण्डै ६ हजार, चिलीमा साढे ६ हजार भन्दा धेरैमा संक्रमण भएको छ ।

यसैगरी पाकिस्तानमा ६ हजार भन्दा धेरै, मेक्सिकोमा साढे चार हजार भन्दा धेरै, साउदी अरेबियामा झण्डै चार हजार, इरानमा दुई हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

साथै यसै अवधीमा कोरोना संक्रमणबाट चार हजार पाँच सय ८९ जनाले ज्यान गुमाएका छन्।

शनिबार विहानसम्म विश्वभर संक्रमितको संख्या ७७ लाख २४ हजार ६ सय १५ पुगेको छ। संक्रमणको कारण अहिलेसम्म विश्वभर चार लाख २७ हजार ६ सय ७५ जनाले ज्यान गुमाइसकेका छन्।

अहिलेसम्म विश्वभर ३९ लाख १६ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News