विहानै थपिए दुई बालकसहित २२ जना कोरोना संक्रमित




काठमाडौं, जेठ ३१
नेपालमा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जामा आज विहानै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाको गल्याङ नगरपालिकामा १८ जना, वालिङमा २ जना, अर्जुन चौपारी एक ३ वर्षीय बालक र ठेगाना नखुलेका अर्का एक ४ वर्षीय नालकमा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरूमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिए ।

योसँगै स्याङजामा संक्रमितको संख्या ६० पुगेको छ । ३ जना उपचारपछि निको भएका छन् भने एक जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News