बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि




वीरगञ्ज, जेठ ३१
वीरगञ्जको घण्टाघरमा भेटिएको वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

मृतकको नाम, थर, ठेगाना केही खुलेको छैन । उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो ।

मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News