पर्वतमा पहिरोले घर बगाउँदा ३ को मृत्यु, ६ जना बेपत्ता




पर्वत, जेठ ३२
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति पहिरोले घर बगाउँदा ३ जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् ।

मुसलधारे वर्षासहित गएको पहिरोमा परी दुर्लुङस्थित काफलचौरका ६२ वर्षीय तुलबहादुर थापा, उनकी ५२ वर्षीया श्रीमती र १० वर्षीया नातिनीको मृत्यु भएको हो । उनीहरूको शव बाहिर निकालिएको छ। तुलबहादुरकै परिवारका अरु तीन जना बेपत्ता छन् ।

त्यस्तै कमला विकसहित उनका १३ र ९ वर्षीय छोराछोरी बेपत्ता भएका छन् । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले बेपत्ताको खोजी गरिरहेको वडाध्यक्ष तेज प्रसाद पाध्यायले जानकारी दिए । उनकाअनुसार वर्षाले खोजी कार्यमा समस्या भएको छ ।

सो ठाउँमा साँझ करिब साढे ६ देखि निरन्तर पानी परिरहेको छ । घटनाको सबै विवरण बुझ्न बाँकी भए पनि अझै केही घर पुरिएको हुनसक्ने वडाध्यक्ष पाध्यायले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News