संविधान संशोधनपछि भारतले के भन्यो ?




काठमाडौं, जेठ ३२
नेपाल सरकारले लिम्पियाधुरासम्मको भूभागलाई समावेश गरेको नयाँ नक्सा निसान छापमा समेट्न शनिबार गरेको संविधान संशोधनप्रति भारतले असहमति जनाएको छ ।

भारतले नेपालले संविधान संशोधन गर्दै सीमा विवादलाई वार्ताबाट हल गर्ने समझदारीको उल्लघंन गरेको प्रतिक्रिया दिएको छ ।

प्रतिनिधिसभाबाट सर्वसम्मतिले संविधान संशोधन भएको केही बेरमै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

त्यसैगरी कृत्रिम तरिकाले भूभागको विस्तार ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको पनि उसले बताएको छ । साथै सीमा विवादका सम्बन्धमा आफ्नो पुरानै अडानलाई कायम रहेको समेत भारतले दोहोऱ्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News