नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने




काठमाडौं, जेठ ३२
नेकपा सचिवालयको बैठक आज बस्दै छ । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

यसअघिको बैठकमा एमसीसीबारे छलफल हुन सकेको थिएन । परियोजना लागू गर्ने समय सकिनै लाग्दा पनि सरकारले एमसीसी संसदबाट अनुमोदन गर्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसअघि नै एमसीसी विना शर्त अनुमोदन गर्न सरकारको ध्यानाकर्षण गराएपनि नेकपाभित्रै चर्को विवाद भएपछि एमसीसी अन्योलमा परेको छ ।

नेकपा स्थायी कमिटी, केन्द्रीय कमिटी बैठकमा एमसीसीका केही प्रावधानहरु र पूरक सम्झौताहरु राष्ट्रिय हित विपरीत रहेको भन्दै विना संशोधन पारित गर्न नहुनेको मत बलियो रहेको छ ।

नेकपाले नेता खनालको संयोजकत्वमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले यसअघि नै प्रतिवेदन बुझाइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News