कोरोना संक्रमितको संख्या ८० लाख नजिक, निको हुनेको संख्या संक्रमितको आधा




काठमाडौं, असार १
विश्वभर कोरोना भाइरस ९कोभिड१९० संक्रमितको संख्या ८० लाख नजिक पुगेको छ ।

वल्डोमिटर्सका अनुसार कुल संक्रमित ७९ लाख ८२ हजार पुगेको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या धेरै छ । अमेरिकामा २१ लाख ६१ हजार संक्रमित भइसकेका छन् । त्यहाँ एक लाख १७ हजारको मृत्यु भइसकेको छ ।

त्यस्तै संक्रमितमध्ये आधाभन्दा बढी मानिस निको भइसकेका छन् । निको हुनेको संख्या ४१ लाख छ ।

संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार पुगेको छ ।ब्राजिलमा ८ लाख ६७ हजार संक्रमितमध्ये ४३ हजारको मृत्यु भइसकेको छ । त्यस्तै रुसमा ५ लाख २८ हजार संक्रमितमध्ये ६ हजार ९ सयको मृत्यु भएको छ ।

संक्रमित रहेका मुलुकमध्ये चौंथो स्थानको भारतमा ३ लाख ३३ हजार संक्रमितमध्ये ९ हजार ५ सयको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News