मोटरसाइकलमा अब दुई जना बस्न पाउने




काठमाडौं, असार १
मोटरसाइकलमा एक जना मात्रै बस्न पाउने नियमको विरोध भएपछि अब दुई जना यात्रा गर्न पाउने नियम लागू गरिएको छ ।

सो नियम सोमबारदेखि लागू हुनेछ । मोटरसाइकल र स्कुटरमा दुई जना नै यात्रा गर्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले नागरिकलाई समस्या भएको गुनासो बढेसँगै यो नियम हटाएर दुई पाङग्रे गाडीलाई पनि जोर बिजोर अनुसार चलाउने निर्णय गरेको बताए । 

गएको शुक्रबार मात्रै चार पाङग्रे निजी गाडीलाई जोर बिजोर र दुई पाङग्रेमा दुई जना यात्रा गर्न नपाउने नियम बनेको थियो । तर यो नियम अव्यवहारिक भन्दै विरोध बढेपछि दुई दिनमै सरकारले निर्णय सच्याएको छ । 

चार पाङग्रे निजी गाडी जस्तै अब मोटराइसकल पनि जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका चल्ने छन् । प्रेस, ढुवानी लगायतका गाडीमा भने यो लागू हुने छैन ।

यस्तै, सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News