भोजपुरमा चट्याङ लागेर बालिकाको मृत्यु




भोजपुर, असार १
भोजपुरको सुम्लीखामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मावली घर आएकी बालिकालाई आइतबार दिउँसो ४ बजेतिर खेतमा रोपाईँ भइरहेको समयमा वर्षासँगै परेको चट्याङले लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News