चौरजहारी घटनाः वडाध्यक्षसहित ३४ जनाविरुद्ध



रुकुम, असर १
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटनाका ३४ जना आरोपीविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ ।

प्रहरीले सामूहिक हत्या भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

उक्त घटनामा सरकारी वकिलको कार्यालयले आजीवन कारावासको माग गर्दै मुद्दा दर्ता गरेको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा योजनाबद्ध रुपमा बाटोमा छेकेर युवाहरुको हत्या  गरिएको उल्लेख गरिएको छ। ।

घटनामा  ६ जना युवाहरुको हत्या भएकाले पीडितको न्यायका लागि आजीवन कारावासको माग गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । घटनामा संलग्न वडाध्यक्ष लगायतमाथि ज्यान मुद्दा चलाइएको छ ।

अन्य ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुर विरुद्धको मुद्दा दर्ता भएको छ । उक्त घटनामा अहिलेसम्म २९ जना पक्राउ परेको र बाँकी ५ जना फरार रहेको प्रहरीको भनाइ छ ।

घटनामा जाजरकोट परी भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढा, सन्दिप विक र रुकुम पश्चिम चौरजहारीका टिकाराम सुनाको हत्या गरिएको थियो ।

गत जेठ १३ गते पीडित परिवारले २० जनाविरुद्ध प्रहरी समक्ष किटानी जाहेरी दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News