तनहुँमा विहानै पाँच जनामा कोरोना पुष्टि, कति पुग्यो गण्डकीमा संक्रमितको संख्या ?




तनहुँ, असार १
तनहुँमा आज विहानै थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २०४ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान जारी गरेको बिज्ञप्ति अनुसार तनहुँको घिरिंङ गाउँपालिकाका २२ देखि ४६ वर्ष उमेरका ५ जना पुरूषमा संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबैलाई जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राखिएको निर्देशनालयका निर्देशक डा।विनोद विन्दु शर्माले दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News