क्वारेन्टाइनमा महिलामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ




धनगढी, असार १
कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमै एक महिलामाथि सामूहिक बलात्कार भएको छ । नगरपालिकाको वडा नं १ की ३१ वर्षकी महिलामाथि सोही ठाउँको शहिद स्मृति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा बलात्कार भएको हो ।

क्वारेन्टाइनमा बस्दै आएकी एक महिलामाथि बलात्कार भएको भन्दै आफन्तले प्रहरीसमक्ष उजुरी दिएका छन्। आइतबार दिउँसो ४ बजे पीडित महिलाका आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेका थिए।

ईलाका प्रहरी कार्यालय लम्कीबाट गएको प्रहरी टोलीले सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएको कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए।

पक्राउ पर्नेमा क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवक रहेको प्रारम्भिक सूचना आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News